दफा ७
राजश्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजाय
राजश्व उठाउनु पर्ने कर्तव्य भएको राष्ट्रसेवकले देहायको काम गरी राजश्व चुहावट गरेमा वा राजश्व चुहावट गर्न कसैलाई मद्दत पु¥याएमा वा आफू समेत संलग्न भई दुरुत्साहन दिएमा निजले चुहावट भएको राजश्व रकम अनुसार दफा ३ बमोजिमको कसुर गरेको मानिनेछ र सोही बमोजिम कैदको सजाय गरी त्यसरी चुहावट भएको राजश्व रकमको दोब्बर जरिबाना हुनेछः –
(क) कुनै नगदी वा जिन्सी रकम, दस्तुर, इनाम, बकस वा अन्य कुनै किसिमको लाभ स्वीकार गरी वा मोलाहिजामा परी वा मोलाहिजा गर्ने नियतले कसैलाई कुनै प्रकारबाट राजश्व चुहावट गर्ने काममा मद्दत दिएमा वा कुनै व्यक्तिबाट कुनै किसिमको लाभ वा सुविधा लिई वा नलिई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याई राजश्व असूल नगर्ने वा घटी राजश्व असूल गर्न वा गराउन मद्दत गर्ने,
(ख) प्रचलित कानुनबमोजिम राजश्व निर्धारण गर्दा हेर्नुपर्ने वा परीक्षण गर्नु पर्ने कागजात नहेरी वा परीक्षण नगरी वा आवश्यक प्रमाण सङ्कलन नगरी घटी राजश्व निर्धारण गर्ने वा गराउने वा राजश्व नै नलाग्ने गरी निर्धारण गर्ने वा गराउने काममा मद्दत दिने,
(ग) उठाएको राजश्व प्रचलित कानुनबमोजिम दाखिला नगरी हिनामिना गर्ने,
(घ) प्रचलित कानुनबमोजिम राजश्व निर्धारण गर्दा वा वस्तुको मूल्याङ्कन गर्दा पेश भएको वस्तुको बीजक, गुणस्तर वा परिमाण फरक पारी लिनु पर्ने राजश्व नलिई सामान छोड्ने वा छोड्न मद्दत पु¥याउने ।